चेल्सी एफए कपकाे क्वाटरफाइनल प्रवेश

काठमाडौँ - एफए कप अन्तर्गत गए रातिको खेलमा जित हात पार्दै प्रिमियर लिग क्लब चेल्सी एफए कपकाे क्वाटरफाइनल प्रवेश गरेकाे छ।
चेल्सीले च्याम्पियनसिप क्लब लुटाेन टाउनकाे घरेलु मैदान केनिलवर्थ राेडमा ३-२ काे राेमाञ्चक जित हात पारेकाे हाे।

खेलकाे दोस्रो मिनेटमै रिस बर्कले गाेल गर्दै घरेलु टाेलीलाई अग्रता दिलाएका थिए। २७ औं मिनेटमा सउल निग्वेजले चेल्सीलाई १-१ काे बराबरीमा ल्याए। ४० औं ह्यारी कर्निकले गाेल गर्दै लुटाेनलाई २-१ ले अघि बढाए। ६८ औं  मिनेटमा टिमाे वेर्नरले पाहुना टाेलीलाई २-२ काे बराबरीमा ल्याए। ७८ औं मिनेटमा राेमेलु लुकाकुले गाेल गर्दै चेल्सी लाई ३-२ काे राेमाञ्चक जित दिलाए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×