झापा - शहीद स्मारक ‘सी’ डिभिजन लिग च्याम्पियन बन्दै ‘बि’ डिभिजनमा बढुवा भएको झापा फुटबल क्लबका खेलाडी तथा अफिसियललाई गृह जिल्ला झापामा नगदसहित सम्मान गरिएको छ।
झापा गोल्ड कपले शुक्रवार बिर्तामोडमा सम्मान कार्यक्रमको आयोजना गर्दै २८ जनालाई क्लबका खेलाडी तथा अफिसियललाई पुरस्कार स्वरुप जनही ११ हजार रुपैयाँसहित सम्मान गरेको हो।
सम्मानीत हुने झापा फुटबल क्लबका खेलाडी तथा अफिसियलमा सञ्जय गुरुङ, टेकेन राना मगर, पेमा तामाङ, लक्ष्मण बेघा लिम्बू ९कप्तान०, सुमन मगर, विशाल थिङ तामाङ, सञ्जोग मगर, मनिष योङहाङ, पारस कार्की, पुजन राई, विशाल खवास, सन्दीप लिम्बू, निखिल तामाङ, दिनेश मुर्मू, विश्वास सुब्बा, सिद्धार्थ अधिकारी, विक्रम राई, आशिष गुरुङ, शान्तिराम बस्नेत, युवराज तामाङ, खगेन्द्र बयलकोटी, विशाल राई ए, हरिबहादुर मगर रहेको छन्।
त्यसैगरी टिम व्यवस्थापक पेम्बु गुरुङ, टिम सहायक व्यवस्थापक गोपाल राई, मुख्य प्रशिक्षक अंकुरकुमार खड्गी, गोलकिप्पर प्रशिक्षक रोशन शाह ठकुरी रहेका छन्।
झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेतको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी छबिलाल रिजालको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखा अध्यक्ष एकराज गिरी, झापा गोल्डकपमा कोषाध्यक्ष केदार गिरीलगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन सञ्चारकर्मी केशव भट्टराईले गरेका थिए। गत जेठ २० गते सम्पन्न ‘सी’ डिभिजन लिगमा झापा फुटबल क्लब च्याम्पियन बन्दै बी डिभिजनमा बढुवा भएको थियो।