भेट्रान गोलरक्षक नुयर बायर्नमै रहने

काठमाडौँ - जर्मन क्लब बायर्न म्युनिखका भेट्रान गोलरक्षक तथा कप्तान म्यानुएल नुयरले क्लबसँगको सम्झौता नवीकरण गरेका छन्।

बुन्डेसलिगा च्याम्पियन बायर्नले सोमबार आफ्नो भेट्रान गोलरक्षक नुयरले सम्झौता नवीकरण गरेको जनाएको छ। जर्मन गोलरक्षक नुयरले थप दुई वर्षको सम्झौता नविकरण गरेका छन्। उनि सन् २०२४ सम्म बायर्नमा रहनेछन्। बायर्नले यस सिजनको जर्मन बुन्डेसलिगाको उपाधि जित्ने क्रममा नुयरले १० क्लिन सिट राख्न सफल भएका थिए।

नुयरले बायर्नका लागि ४ सय ७३ खेल खेलेका छन्। उनले बायर्नबाट १० पटक बुन्डेसलिगा, ५ पटक डिएफवी पोकल, ६ पटक डिएफवी सुपरकप, २ पटक च्याम्पियन्स लिग, २ पटक युइएफए सुपर कप र २ पटक फिफा क्लब विश्वकप जितिसकेका छन्।

 ३६ वर्षीय नुयर सन् २०११ मा साल्केबाट बायर्न आएका थिए। उनी बायर्नको नियमित र पहिलो रोजाईको सदस्य बनिरहेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×