पुष्प र श्रद्धाको चलचित्र ‘कृष्णलीला’को प्रदर्शन मिती घोषणा

काठमाडौँ। अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षेत्रीको चलचित्र ‘कृष्णलीला’को प्रदर्शन मिती घोषणा गरिएको छ। चलचित्र आगामी कृष्ण जन्माष्टमीबाट प्रदर्शनमा आउने भएको छ। निर्माण कम्पनी आरआर फिल्मसले चलचित्रको प्रदर्शन मिती भदौ ३ गते जुराएको हो।

दीपक वलीको निर्देशन रहेको चलचित्र प्रेमकथामा आधारित रहने बताईएको छ। चलचित्र पुष्प कृष्ण र श्रद्धा लीलाको भूमिकामा देखिनेछन्। चलचित्रको छायांकन पूर्वी नेपालको इलाम र झापामा गरिएको हो। लक्ष्मण सुवेदीको लेखन रहेको चलचित्रमा बुद्धि तामाङ, रविन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम आदि कलाकारहरूको पनि अभिनय रहेको छ। रोहित कट्टेल र रत्न श्रेष्ठको निर्माण रहेको चलचित्रको प्रदर्शनलाई कोरोनाले रोकीरहेको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×