महिला युरोकपः स्विडेन र नेदरल्यान्ड्स क्वाटरफाइनलमा

काठमाडौँ - महिला युरोकपअन्तर्गत गएराति भएको खेलमा जित हात पार्दै स्विडेन र नेदरल्याण्ड्सले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका छन्। समूह ‘सी’ को खेलमा स्विडेनले पोर्चुगल तथा नेदरल्याण्ड्सले स्विट्जरल्याण्डलाई हराउँदै अन्तिम आठमा स्थान सुरक्षित गरेका हुन्।

स्विडेनले पोर्चुगलमाथि ५-० को फराकिलो जित निकाल्यो। लेइग स्पोर्ट्स भिलेजमा स्विडेनलाई जित दिलाउन फिलिपा एन्जलडलले दुई  तथा कोसोभेरा अस्लानी र स्टिना ब्ल्याकस्टेनियसले एकर १ गोल गर्दा १ गोल आत्मघाती उपहार स्वरूप प्राप्त भएको थियो।

२१ औं  मिनेटमा एन्जलडलको गोलमार्फत स्विडेनले अग्रता लिएको थियो। ४५ औं मिनेटमा उनैले टोलीको अग्रता दोब्बर बनाइन्। पहिलो हाफको थप गरिएको समयमा क्यारोल कोस्टाले आत्मघाती गोल गरेपछि स्विडेन ३-० ले अघि बढेको थियो। ५४ औं मिनेटमा अस्लानीले पेनाल्टीमार्फत टोलीका लागि चौथो गोल गरिन्।

दोस्रो हाफको थप गरिएको समयमा ब्ल्याकस्टेनियसले गोल गर्दै स्विडेनलाई ५-० को फराकिलो जित दिलाइन्। यो जितसँगै ३ खेलमा ७ अंक जोडेको स्विडेन समूह विजेताको रूपमा क्वार्टरफाइन प्रवेश गर्दा पराजित पोर्चुगल समान खेलबाट १ अंकका साथ अन्तिममा रहेर बाहिरियो।

यस्तै, नेरल्याण्ड्सले स्विट्जरल्याण्ड्समाथि ४-१ को सहज जित निकाल्यो। ब्रमल लेन स्टेडियममा नेदरल्याण्ड्सलाई जित दिलाउन रोमी लिउचरले @ तथा भिक्टोरिया पेलोभाले १ गोल गर्दा १ गोल आत्मघाती उपहार स्वरूप प्राप्त भएको थियो।

स्विट्जरल्याण्डका लागि जेराल्डिन रेउटेलरले १ गोल फर्काइन्। खेलको ४९ औं मिनेटमा एना-मारिया क्रनोगोर्सेभिकको आत्मघाती गोलमार्फत नेदरल्याण्ड्सले सुरूवाती  अग्रता लिएको थियो।

५३ औं मिनेटमा रेउटेलरले स्विट्जरल्याण्डलाई १-१ को बराबरीमा ल्याएकी थिइन्। ८४ औं मिनेटमा लिउचरले गोल गरेपछि नेदरल्याण्ड्स २-१ ले अघि बढ्यो। ८९ औं मिनेटमा पेलोभाले टोलीका  लागि तेस्रो गोल गरिन्। थप गरिएको समयमा लियचरले व्यत्तिगत दोस्रो  गोल गर्दै नेदरल्याण्ड्सलाई ४-१ को सहज जित दिलाइन्। 

यो जितसँगै ३ खेलमा ७ अंक जोडेको नेदरल्याण्ड समूह उपविजेताका रूपमा क्वार्टरफाइन प्रवेश गर्दा पराजित स्विट्जरल्याण्ड समान खेलबाट १ अंकका साथ तेस्रो  स्थानमा रहँदै बाहिरिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×