क्लब फुटबलमा रोनाल्डोको अविश्वसनीय कीर्तिमान

काठमाडाैँ - पोर्चुगिज सुपरस्टार भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले क्लब फुटबलमा अविश्वनीय कीर्तिमान बनाएका छन्। ३७ वर्षीय रोनाल्डो लगातार १६औं सिजन क्लब फुटबलमा क्लबको सर्वाधिक गोलकर्ता बन्दै अविश्वनीय कीर्तिमान कायम गरेका हुन्।

जब क्रिस्टियानो रोनाल्डो स्पोर्टिङ सीपीबाट म्यानचेस्टर युनाइटेडमा सामेल भए, उनी एक कमजोर किशोर थिए जसले आफ्नो खुट्टामा बल राखेर विश्व जित्ने सपना देखेका थिए।

म्यानचेस्टर युनाइटेडमा पहिलो सिजनमा उनले समर्थकको माया पाएपनि ४० खेलमा मात्रै ६ गोल गर्न सफल भएका थिए। यसको अर्थ उनले सुधार गर्नुपर्ने ठाँउ पर्याप्त थियो। दोस्रो र तेस्रो सिजनमा उनले आफ्नो स्कोरिङ क्षमतालाई सुधार गरे र विश्व फुटबलमा फिनिसर फरवार्डको रुपमा देखिन थाले।

उनको फिनिसिङ क्षमता उकालो लाग्न थाल्यो। उनको ड्रिब्लिङ कौशल अब उसको क्लिनिकल फिनिसिङसँग जोडिएको थियो। जसले उनलाई खेलमा देखेको सबैभन्दा पूर्ण फर्वार्डहरू मध्ये एक बनायो। उनी आफ्नो नाममा २३ गोल गरेर युनाइटेडका सर्वाधिक गोलकर्ता बने र त्यसबेलादेखि उनी हरेक क्लबका लागि खेलेका हरेक सिजनमा सर्वाधिक गोल गर्ने खेलाडी बन्न थाले।

३७ वर्षीय रोनाल्डो ४३८ खेलमा ४५० गोलसहित स्पेनिस क्लब रियाल म्याड्रिडका सर्वाधिक गोलकर्ता हुन्। उनले लगातार छ सिजन एक सिजनमा ५० भन्दा बढी गोल गरेका छन्। जुन फुटबल इतिहासमा लगातार ६ सिजन ५० गोलको आकँडा पार गर्ने उनी पहिलो खेलाडी हुन्।

उनी २०१४–१५ को सिजनमा निकै उच्च फर्ममा थिए। त्यतिबेला रियालका लागि ६१ गोल गर्न सफल भएका थिए।
आफ्नो करियरको उत्तरार्धमा पनि उनले आफ्नो प्रदर्शनलाई उच्च स्तरमा प्रदर्शन गर्न जारी राखेका छन्।

म्यानचेस्टर युनाइटेडमा २४ गोलको साथ उनी क्लबको सर्वाधिक गोलकर्ता भए। ब्रुनो फर्नान्डेस १० गोलसहित दोस्रो स्थानमा रहे।उनी फुटबल क्लबको तर्फबाट लगातार १६औं सिजन सर्वाधिक गोलकर्ता बनेका हुन्। फुटबलमा यस्तो इतिहास बनाउने राेनाल्डो दुनियाँमा एक मात्र खेलाडी हुन्।

म्यानचेस्टर युनाइटेड २००६–०७
रोनाल्डो – २३ गोल र वायन रोनी – २३ गोल

म्यानचेस्टर युनाइटेड २००७–०८
रोनाल्डो – ४२ गोल र कार्लाेस टेभेज –१९ गोल

म्यानचेस्टर युनाइटेड २००८–०९
रोनाल्डो – २६ गोल र वायन रोनी – २० गोल

रियल म्याड्रिड २००९–१०
रोनाल्डो – ३४ गोल र गोन्जालो हिगुआइन – २९ गोल

रियल म्याड्रिड २०१०–११
रोनाल्डो – ५३ गोल र करिम बेन्जेमा – २६ गोल

रियल म्याड्रिड २०११–१२
रोनाल्डो – ६० गोल र करिम बेन्जेमा – ३२ गोल

रियल म्याड्रिड २०१२–१३
रोनाल्डो – ५५ गोल र करिम बेन्जेमा – २० गोल

रियल म्याड्रिड २०१३–१४
रोनाल्डो – ५१ गोल र करिम बेन्जेमा – २४ गोल

रियल म्याड्रिड २०१४–१५
रोनाल्डो – ६१ गोल र करिम बेन्जेमा – २२ गोल

रियल म्याड्रिड २०१५–१६
रोनाल्डो – ५५ गोल र करिम बेन्जेमा – २८ गोल

रियल म्याड्रिड २०१६–१७
रोनाल्डो – ४२ गोल र अल्भारो मोराटा – २० गोल

रियल म्याड्रिड २०१७–१८
रोनाल्डो – ४४ गोल र ग्यारेथ बेल – २१ गोल

युभेन्ट्स २०१८–१९
रोनाल्डो – २८ गोल र पाउलो डिबाला – १० गोल

युभेन्ट्स २०१९–२०
रोनाल्डो – ३७ गोल र पाउलो डिबाला – १७ गोल

युभेन्ट्स २०२०–२१
रोनाल्डो – ३६ गोल र अल्भारो मोराटा – २० गोल

म्यानचेस्टर युनाइटेड २०२१–२२
रोनाल्डो – २४ गोल र ब्रुनो फर्नान्डेस – १० गोल

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×