काठमाडौँ - बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई आज जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइँदै छ।
नाबालिगलाई जबरजस्ती करणी गरेको जाहेरीका आधारमा असोज २० गते पक्राउ परेका क्रिकेटर लामिछानेलाई चौथो पटक म्याद थपका लागि आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइने भएको हो।
गत भदौ ५ गते १७ वर्षीय नाबालिगलाई जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध जाहेरी परेको थियो।