‘अवतार २’ बन्यो महंगो फिल्म, लगानी उठाउनै २ बिलियन डलर कमाउनुपर्ने

काठमाडौँँ - जेम्स क्यामरुन निर्देशित हलिउड फिल्म ‘अवतार: द वे अफ वाटर’ अहिलेसम्मकै महंगो फिल्म बनेको छ। लगानी उठाउन समेत फिल्मले २ बिलियन डलर कमाउनुपर्ने भएको छ।

जिक्यू म्यागजिनसँगको एक ताजा अन्तर्वार्तामा निर्देशक क्यामरुनले ‘अवतार २’ अहिलेसम्म बनेकामध्ये महंगो फिल्म बनेको बताएका छन्। रोचक कुरा के छ भने अहिलेसम्म ५ फिल्मले मात्र २ बिलियन डलर कमाउन सकेका छन्।

सुरुमा २५० मिलियन डलरमा बनेको भनिएपनि मुद्रा स्फिर्तीको कारण लागत खर्च बढेको क्यामरुनको भनाई छ। वितरण कम्पनी ट्वेन्टिथ सेन्चुरी फक्सका अधिकारीसँग पनि क्यामरुनले फिल्म इतिहासमै खराब ढंगले निर्माण खर्च बढेको गुनासो गरेका छन्।

२ बिलियन डलर कमाएमात्र लगानी सुनिश्चित गर्ने कुरा चाहिँ एकदमै चुनौतिपूर्ण हुने देखिन्छ। अहिलेसम्म सर्वाधिक कमाउने क्यामरुनको अघिल्ला फिल्महरु अवतार १ र टाइटानिकले मात्र २ बिलियन डलरको आँकडा पार गर्न सकेका छन्।

अवतार १ को कमाई २.९ बिलियन डलर छ। टाइटानिकको २.१ बिलियन डलर छ। डिज्नेको एभेन्जर्सः एन्डगेमले २.७ बिलियन डलर कमाउन सकेको छ।

‘अवतार २’ नेपालमा पुस १ गते प्रदर्शन हुँदैछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×