काठमाडौँ । ब्राजिलमा बाढीका कारण मृत्यु हुने व्यक्तिको संख्या कम्तीमा पनि १० पुगेको अधिकारीहरूले जनाएका छन्।
यहाँका उद्धारसम्बन्धी अधिकारीहरूले ब्राजिलमा गएको छ दिनदेखिको बाढीका कारण कम्तीमा पनि १० जनाको ज्यान गएको र अरू केही व्यक्ति हराएको बताएका छन्। प्राप्त समाचारअनुसार यहाँका यहाँका करिब २० हजार नागरिक घरबाट भागेर अन्यत्रै बसेका छन्। उनीहरू बढीका कारण विस्थापित भएका बताइएको छ। बाढीका कारण यहाँका कैयौँ क्षेत्रमा असर परिरहेको छ। यसबाट कम्तीमा पनि ५१ वटा सहरमा इमर्जेन्सी पनि घोषणा गरिएको छ। यहाँका केही सहरी र अधिकांश ग्रामीण क्षेत्रमा बिजुली छैन भने अविरल वर्षाका कारण छ दिन यतादेखि जनजीवन प्रभावित बन्दै गएको छ। धेरै स्थानमा सैनिक हेलिकोप्टरहरुले उद्धार गरिरहेका छन् ।
केही सहायता समग्री पनि हेलिकोप्टरहरुले पुर्याइरहेका बताइएको छ। यहाँका मौसम विद्हरूले वर्षाको प्रकोप अझै रहेकाले घरबाहिर ननिस्किन भनिरहेका छन्। उनीहरूले वर्षा र आँधीको पनि सम्भावना रहेको बताएका छन्।