अभिनेता मोहन जुनेजाको निधन

काठमाडौँ - अभिनेता तथा हास्यकलाकार मोहन जुनेजाको ५४ वर्षको उमेरमा शनिबार निधन भएको छ। उनी लामो समयदेखि बिरामी थिए। शनिबार बेंगलुरुको अस्पतालमा उनको निधन भएको हो।

शंकर नागको वाल पोस्टरबाट फिल्म डेब्यू गरेका उनले आफ्नो क्यारिअरमा तमिल, तेलुगु र मलायालम उद्योगहरुमा १०० भन्दा बढी चलचित्रहरुमा अभिनय गरेका छन्।

 उनको सबैभन्दा सम्झिनलायक फिल्ममध्ये एक चेल्लाता हो ।

उनले धेरै चर्चित स्टारहरूसँग काम गरेका थिए। उनी हालै ब्लकबस्टर केजिएफका दुवै च्याप्टरमा देखिएका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×