काठमाडौँ - पशुमा बाँझोपनको समस्या जटिल बन्दै गएको छ । देशव्यापी रूपमा २० प्रतिशत पशुमा बाँझोपन रहेको छ। प्रत्येक सय भैँसी र गाईमध्ये २० वटामा बाँझोपनको समस्या पाइएको भन्दै यसबाट बर्सेनि कम्तीमा एक अर्ब रुपियाँभन्दा बढीको क्षति भइरहेको छ।
नेपालमा ७३ लाख गाई र ५१ लाख भैँसीको सङ्ख्या छ तर बाँझोपनको समस्या देखिँदा किसानको गोठ नै रित्तो हुने अवस्था उत्पन्न भएको छ। पशु चिकित्सकहरूका अनुसार पेटभर खान, सोतरमा सुत्न र नियमित रूपमा नाम्ले तथा जुकाको औषधि नपाउँदा पशुमा बाँझोपनको समस्या बढेको हो।
पशुविज्ञ डा. लोकनाथ पौडेलले किसानले दुःखकष्ट सहेर हुर्काएका पशुमा बाँझोपनको समस्या देखिँदा त्यसले समग्र अर्थतन्त्रलाई असर पार्ने बताउँदै भने, “यसले दूध उत्पादनमा समेत असर पारिरहेको छ।” आजको गोरखापत्र दैनिकमा समाचार छ ।