काठमाडौँ - दोङ नेपालका महंगा र्यापर बनेका छन्। देश विदेशबाट उच्च डिमान्ड भएसँगै उनले आफ्नो पारिश्रमिकमा भारी वृद्धि गरेका हुन्।
विदेशमा हुने एक शोमा प्रस्तुति दिएबापत दोङले ५ हजार अमेरिकी डलर (६ लाख रुपैयाँ भन्दा बढी) पारिश्रमिक लिने गरेका छन्। हालै अस्ट्रेलिया टुरबाट उनले २२ लाख रुपैयाँ कमाएका थिए।
कतिपय विदेशी आयोजकसँग दोङले उक्त मूल्यमै सम्झौता गरेको जनाइएको छ। ‘दश टाउके रावण’ दोङको चर्चित गीत हो। दोस्रो महंगो र्यापरमा भिटेन छन्। उनले विदेशमा हुने एउटा शो ३ लाख रुपैयाँभन्दा बढी पारिश्रमिक लिने गरेका छन्। जी-बब तेस्रो महंगा र्यापर हुन्, जसको प्रति शो पारिश्रमिक २ लाख रुपैयाँ भन्दा बढी रहेको छ।
जी-बबले तिहारलगत्तै अन्तर्राष्ट्रिय टुर सुरु गर्दैछन्। नेपालसहित ५० वटा शो उनको निश्चित भइसकेको छ। यस्तोमा विदेशबाट जी-बबलाई आकर्षक कमाइ हुनसक्छ।
डीएनएक्सले डेढ लाख रुपैयाँ पारिश्रमिक लिने गरेका छन्। विदेशबाट समेत पछिल्लो समय उनको डिमान्ड भइरहेको छ। लाउरे पनि अर्का चर्चित र्यापर हुन्, जसको पनि विदेशका कार्यक्रममा उच्च माग रहेको छ।