शुक्रवारदेखि नयाँ भर्सनमा ‘२ नम्बरी’

काठमाडौँ - गत असोज २१ बाट रिलिज भएको फिल्म  हो ‘२ नम्बरी’। बक्स अफिसमा राम्रो व्यवसाय गरिरहेको फिल्म शुक्रबारदेखि नयाँ भर्सनमा हेर्न आउने भएको छ।

निर्माण युनिटले २ घन्टा ७ मिनेटको फिल्मलाई ५ मिनेट भन्दा बढी काँटछाँट गरेर फेरि रिलिज गर्न लागेको हो। निर्माता नेपालीले फिल्मको साउन्ड र सिन समेत काँटछाँट गरेर नयाँ भर्सनमा ल्याउन लागेको जानकारी दिएका छन्।

अहिलेसम्मको प्रदर्शनबाट नाफामा गैसकेका फिल्मको तिहारमा समेत राम्रो ब्यवसाय गराउन निर्माण युनिटले नयाँ तरिकाबाट फिल्म ल्याउन लागेको हो। दीपेन्द्र लामाको निर्देशनमा तयार भएको यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासनासिंह ठकुरी, उगेन छोदेन, बुद्धि तामाङको मुख्य भूमिका रहेको छ।

काँटछाँटपछि फिल्म दर्शकले अझै रुचाउने विश्वास रहेको निर्माता नेपालीले बताएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×