काठमाडौँ - मेलिना राई र बिकु क्षेत्रीको स्वरमा ‘दूधको साक्षी बिरालो’ गीत सार्वजनिक भएको छ। गीतमा इँट्टाघरेको शब्द र दीपक शर्माको संगीत रहेको छ। गीतलाई उदयराज पौडेलले एरेञ्ज गरेका छन्।
आकर्षण र प्रेमलाई प्रस्तुत गरिएको गीतको भिडियोमा सरोज अधिकारी र आश्मा विश्वकर्मा फिचर्ड रहेका छन्। भिडियोका निर्देशक गीतकार इँटाघरे स्वयं हुन्।
नवराज उप्रेतीले खिचेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन्।