कोरोना बढेपछि मुम्बइमा सार्वजनिक कार्यक्रममा प्रतिबन्ध

काठमाडौँ । मुम्बइमा पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको बताइएको छ।

भारतको नयाँ दिल्ली र मुम्बइमा पछिल्ला केही हप्तामा सङ्क्रमण बढेको हो। यसैबीच यहाँ कोरोना भाइरसको प्रकोप बढेपछि यहाँका सार्वजनिक स्थलहरुमा हुने विविध कार्यक्रमहरुमा प्रतिबन्ध लगाइएको बताइएको छ। भारतको आर्थिक राजधानी मानिने भारतीय ठूलो सहर मुम्बइमा नयाँ वर्षका कार्यक्रमहरुको आयोजना गरिएको र त्यसका कारण झन् संक्रमण बढ्ने आशंका गरेका कारण सरकारले सार्वजनिक स्थलमा जमघट हुने र नयाँ वर्षका कार्यक्रमहरु गर्ने काममा प्रतिबन्ध लगाएको हो। रातिमा कफ्र्यु नलगाइने तर पनि मानिसहरु जमघट हुने र समारोहहरु गर्ने काममा प्रतिबन्ध लगाइएको मुम्बई सरकारले जनाएको छ ।

पछिल्लो समय मुम्बईमा कोरोनाका सङ्क्रमितको संख्या बढेका पाइएको छ। गत हप्तामात्र  प्रतिदिन  १५० सङ्क्रमित पाइएकामा हिजोआज भने कम्तीमा पनि प्रतिदिन दुई हजार सङ्क्रमित भेटिन थालेको बताइएको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×