काठमाडौँ - जर्मन बुन्डेस लिग अन्तर्गत गएरातिको खेलमा बोरूसिया डर्टमन्डले जित निकालेकाे छ। डर्टमन्डले १ गाेलले पछि परेको स्थिति उल्ट्याएर घरेलु टाेली फ्रेइवर्गविरूद्ध ३-१ को शानदार पूनरागमन जित निकालेको हो।
डर्टमन्डलाई जित दिलाउन जेमी बेनो गेटेन्स, युसुफा मौकाेको र मारियस वुल्फले १/१ गोल गरेका थिए। फ्रेइवर्गका माइकल ग्रेगोरिट्सको गोल सान्त्वना बन्य । युरोपा पार्कमा भएको खेलकाे ३५ औं मिनेटमा ग्रेगोरिट्सले गोल गर्दै फ्रेइवर्गलाई सुरुवाती अग्रता दिलाएका थिए।
७७ औं मिनेटमा गेटेन्सले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याएका थिए। ८४ औं मिनेटमा मौकाकाकाेले डर्टमन्डलाई २-१ को अग्रता दिलाएका थिए। ८८ औं मिनेटमा वुल्फले गोल गरेपछि पाहुना टाेलीले ३-१ काे शानदार पूनरागमन जित निकालेको हो।
लगातार दोस्रो जितसँग दुई खेलमा ६ अंक जाेडेकाे डर्टमन्ड शीर्ष स्थानमा रहँदा पहिलाे पराजय बेहाेरेकाे फ्रेइवर्ग समान खेलबाट तीन अंकका साथ तेस्रो स्थानमा छ ।