काठमाडौँ - संविधान दिवसको समारोहमा सरकारले पत्रकारको प्रवेशलाई निषेध गरेको छ। कार्यक्रमको समाचार सङ्कलन गर्न पुगेका अधिकांश पत्रकारहरूलाई सुरक्षाकर्मीले समारोहस्थल बाहिर नै रोकेको हो।
यसबारे कार्यक्रम आयोजक समितिसँग बुझ्दा पत्रकारको व्यवस्थापन गर्ने जिम्मा सूचना विभागलाई दिएको र विभागसँगै सम्पर्क गर्नु भन्दै पन्छिएको छ। विभागका कर्मचारीहरू सम्पर्कबाहिर रहेका छन्।