काठमाडौँ। गायक राज सिग्देलको आवाज रहेको नयाँ गीत ‘उस्को याद’ सार्वजनिक गरिएको छ। गीतमा विनम खत्रीको शब्द रहेको छ भने मनराज गुरुङको संगीत तथा राजु कार्कीको संगीत संयोजन रहेको छ।
गीतको भिडियोमा अनु मगर, योकृस सुवेदी, राम (लक्की) खत्री र शिवा सुवेदी ‘गल्कोटे साइलो’को अभिनय रहेको छ। मनराज प्ल्हेमे गुरुङको निर्देशन रहेको भिडियो 'आरपीएन एचडी' नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो: