काठमाडौँ - आगामी अक्टोबर ११ मा बलिउड महानायक अमिताभ बच्चनको ८० औं जन्मदिन मनाइँदैछ। भारतीय फिल्म उद्योगलाई उनले पुर्याएको योगदानको सम्मान गर्न ग्रान्ड सेलिब्रेसनको आयोजना गरिएको छ।
उनको जन्मदिन मनाउन अक्टोबरमा फिल्म फेस्टिभलको आयोजना गरिएको छ। द फिल्म हेरिटेज फाउन्डेसनले अक्टोबर ८ देखि ११ सम्म ४ दिन लामो फेस्टिभल आयोजना गरेको छ।
यस्तै पीभीआर सिनेमाको १७ स्थानमा रहेका २२ पर्दामा अमिताभले अभिनय गरेका ११ चर्चित फिल्म प्रदर्शन गरिने भएको छ। जसमा डन, कालापत्थर, कालिया, कभी कभी, अमर अकबर एन्थोनी, नमक हलाल, अभिमान, दिवार, मिली, सट्टे पे सट्टा र चुप्के फिल्म समेत देखाइने भएको छ।
मुम्बईको जुहुस्थित पीभीआरमा अमिताभ बच्चनको इतिहासलाई सम्झिने कार्यक्रम पनि राखिनेछ।