‘पुष्पा’को प्रिमियरका लागि रुस पुगे अल्लु र रश्मिका

काठमाडौँ - तेलुगू स्टारद्वय अल्लु अर्जुन र रश्मिका मन्दाना आफूहरु अभिनित ब्लकबस्टर फिल्म ‘पुष्पा: द राइज’को प्रिमियरका लागि रुसको राजधानी मस्को पुगेका छन्।

हलिउडसहित पश्चिमा मुलुकका फिल्म उद्योग र फेस्टिभलले प्रतिबन्ध लगाएको बेला भारतले भने रुससँग हार्दिक सम्बन्ध कायमै राखेको छ। जसअनुसार मस्कोमा भारतीय फिल्म रिलिज भइरहेका छन्।

‘पुष्पा’ आगामी डिसेम्बर ८ मा रुसी भाषामै प्रदर्शन हुँदैछ। रुस विश्व फिल्मको ठूलोमध्येको बजार हो। युक्रेनमाथि रुसले हमला गरेयता हलिउडले रुसमा फिल्म रिलिजमा प्रतिबन्ध लगाइरहेको छ।

डिसेम्बर १ मा मस्को र ३ तारिखमा अर्को रुसी सहर सेन्ट पिटर्सबर्गमा फिल्मको प्रिमियर हुँदैछ। सुुकुमार निर्देशित फिल्ममा अल्लुले रक्तचन्दन तस्करी गर्ने लोरी चालकको भूमिका निर्वाह गरेका छन्।

मुख्य भाषा तेलुगू भए पनि हिन्दी, तमिल, मलायलमसहितका अन्य भाषामा फिल्म रिलिज भएको थियो। नेपाली बक्स अफिसमा समेत फिल्मले राम्रो कमाइ गरेको थियो।

अहिले ‘पुष्पा २’ को छायांकन भइरहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×