काठमाडौँ - फिफा विश्वकप २०२२ कतार अन्तर्गत समूह सी मा रहेको मेक्सिकोले २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ। अनुभवी गोलरक्षक गोलेर्मे ओचोआलाई समेट्दै मेक्सिकोले टोली घोषणा गरेको हो।
यसपटक जाभिएर हर्नान्डेज टोलीमा नहुँदा वल्भ्सका राउल जिमिनेज भने टोलीमा परेका छन्। नेपोलीबाट सानदार प्रदर्शन गरिरहेका हर्भीङ लोजानो पनि टोलीमा छन्।मेक्सिको विश्वकपको समूह सी मा रहेको छ। यस समूहमा विश्वकपको उपाधि दावेदार अर्जेन्टिना, साउदी अरब र पोल्यान्ड छन्।
मेक्सिकोको अन्तिम टोली
गोलरक्षक - गिलेर्मे ओचोआ, रोडोल्फो कोटा, अल्फ्रेडो टालाभेरा
डिफेन्डर - नेस्ट्रो अराउजो, जेसस गालार्डो, जेरार्डो अर्टेगा, हेक्टर मोरेनो, जोर्गे सान्चेज, जोहान भाज्केज, सेजार मोन्टेस, केभिन अल्भारेज
मिडफिल्डर - एरिक गुटिएरेज, ओर्बेलिन पेनेडा, हेक्टर हरेरा, कार्लोस रोड्रीग्वेज, आन्द्रेस ग्वाड्राडो, रोबर्टो अल्भाराडो, एड्सन अल्भारेज, लुइस चाभेज, उरीएल अन्तुना, लुइस रोमो
फरवार्ड - हर्भीङ लोजानो, रोजेलिओ फुनेस मोरी, हेनरी मार्टिन, राउल जिमिनेज, एलेसिस भेगा