काठमाडौँ- स्पेनिस ला लिगा फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा साबिक विजेता एथ्लेटिको मड्रिड पुछारको लेभान्टेसँग पराजित भएको छ। घरेलु मैदानमै एथ्लेटिको मड्रिड लेभान्टेसँग १–० ले पराजित भएको हो।
लेभान्टेका लागि मेलेरोले ५४ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। पराजित भएको एथ्लेटिको मड्रिड २४ खेलबाट ३९ अंकसहित पाँचौँ स्थानमा छ। यस्तै विजयी भए पनि लेभान्टे २४ खेलबाट १४ अंकसहित पुछारमा छ।