न्युजिल्याण्डविरुद्धको सिरिज अष्ट्रेलियाद्वारा क्लिन स्विप

काठमाडौँ - अष्ट्रेलियाले पाहुना टोली न्युजिल्याण्डविरुद्धको तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज क्लिन स्विप गरेको छ। आइतबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा न्युजिल्याण्डलाई २५ रनले हराउँदै अष्ट्रेलियाले सिरिज ३-० ले क्लिन स्विप गरेको हो।

अष्ट्रेलियाले दिएको २ सय ६८ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले ४९ ओभर ५ बलमा अलआउट हुँदै २ सय ४२ रन मात्र बनायो। न्युजिल्याण्ड ग्लेन फिलिप्सले ४७ रन जोड्दा जेम्स निशमले ३६ तथा फिन एलनले ३५ रन बनाएका थिए। अष्ट्रेलियाका मिचेल स्टार्कले ३ तथा क्यामरुन ग्रीन र सिङ एब्बटले २-२ विकेट लिएका थिए।

त्यसअघि अष्ट्रेलियाले ५० ओभरमा ५ विकेट गुमाएर २ सय ६७ रन जोडेको थियो।अष्ट्रेलियाका लागि स्टिभ स्मिथले १ सय ५ रनको शतकीय इनिङ खेलेका थिए। न्युजिल्याण्डका ट्रेण्ट बोल्टले २ विकेट लिएका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×