यस्तो छ उर्वशी रौतेलाको ४० करोडको गाउन

भारत। बलिउड अभिनेत्री उर्वशी रौतेला अहिले चर्चामा रहेकी छिन्। उनी पूर्व मिस युनिभर्स समेत रहेकी छिन्। हालै अरब फेसन विकमा सहभागी भएकी थिइन्। उक्त कार्यक्रममा उनले लगाएको गाउनको चर्चा चौतर्फी भइरहेको छ।

सो कार्यक्रममा दुई पटक सम्म सहभागी हुने उनी पहिलो भारतीय अभिनेत्री बनेकी छिन्न्। उनले सुनौलो रंगको हिराका गहनाले सजाइएको थाई हाई स्लिट गाउन लगाएकी थिइन्।

उक्त पहिरनको डिजाइन प्रसिद्ध फेसन डिजाइनर फर्ने भान अमान्टोले गरेका हुन्। जसको मूल्य ४० करोड (भारतीय रुपैयाँ) रहेको जनाइएको छ। गाउन मिस्रकी चतुर तथा सुन्दर रानी ‘महारानी क्लियोपेट्रा’ बाट प्रभावित भएर बनाइएको हो। फर्ने भानले  जेनिफर लोपेज र बेयोन्से जस्ता ठुला कलाकारहरुको पहिरन डिजाइन गर्ने गर्छन्।

उवर्शीले फेसन विकको एक भिडियो सामाजिक संजालबाट शेयर गर्दै लेखेकी छिन् ‘यो प्रसिद्ध फेसन विकमा मलाई दुई पटक शोस्टपर बनाउनु भएकोमा धन्यवाद ।’

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×