बूढानीलकण्ठ ०३का वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार आकाश धिताल बिजयी

काठमाडौँ - बूढानीलकण्ठ नगरपालिका वडा नं ३को वडा अध्यक्षमा स्वतन्त्र उमेदवार आकाश धिताल निर्वाचित भएका छन्। उनी कुल ५७९ मत सहित विजयी भएका हुन्। 

यसै गरि सदस्य तर्फ नेकपा एमाले बाट तीव वडा सदस्य र कांग्रेसका तर्फबाट एक महिला सदस्य निर्वचित भएका छन्। दलित महिला सदस्यका तर्फबाट नेकपा (एमाले) बाट सुशिला रम्तेलको मत ५७९, खुला सदस्यमा बिकास तामाङ्ग (लामा) को मत ६१४, बिक्रम राज श्रेष्ठको ६१० र महिला सदस्यमा नेपाली कांग्रेसका बालमाया श्रेष्ठको ५५४ मतले विजयी भएका छन्। 

कूल ५७९ मत प्राप्त गर्दै विजयी भएका वडा अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार आकाश धितालको यस अघिको स्थानीय चुनावमा नेपाली कांग्रेसका तर्फबाट वडा सदस्य भइ सकेका छन्। तत्कालिन चुनावमा पनि सबै एमालेबाट विजयी हुँदै गर्दा उनले वडा अध्यक्षले प्राप्त गरेको मत भन्दा बढी मत प्राप्त गर्दै वडा सदस्यमा निर्वाचित भएका थिए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×