भारत। सन् २००७मा आएको बलिउड अभिनेता अक्षय कुमार, नाना पाटेकर, अनिल कपूर र परेश रावलको अभिनय रहेको निकै सफल चलचित्र 'वेलकम'ले दर्शकहरूबाट निकै माया पाएको थियो। त्यसैगरि २०१५मा आएको चलचित्रको सिक्वल 'वेलकम ब्याक' पनि राम्रै हिट रह्यो। त्यसपछी चलचित्रको तेश्रो सिक्वललाई लिएर निकै चर्चा परिचर्चा हुने गरेको थियो। अब चलचित्रको तेश्रो सिक्वलसँग सम्बन्धित ठुलो खबर बाहिरिएको छ। खबरका अनुसार चलचित्रको तेश्रो सिक्वल(वेलकम ३)को छायांकन आउँदो वर्ष सुरु हुनेछ। सुत्रका अनुसार चलचित्रको स्क्रिप्ट तयार भइसकेको छ र चलचित्रमा अनिल कपूर, नाना पाटेकर र परेश रावलको कमेडी पुन: देख्न पाइनेछ।