कौटिन्होले विश्वकप गुमाउन सक्ने

काठमाडौँ - मांसपेशीमा समस्याका कारण ब्राजिलियन विङ्गर फिलिप कौटिन्होले विश्वकप गुमाउने सम्भावना बढेको छ। ब्राजिलियन प्लेमेकर कौटिन्हालेले आइतबार राति भएको म्यानचेस्टर युनाइटेड र एस्टन भिल्लाबीचको खेले पनि गुमाएका थिए।

आइतबार अभ्यासका क्रममा मांसपेशीमा समस्या देखिएपछि उनी करिब ६ हप्ता मैदान बाहिर रहने सम्भावना रहेको छ। जसका कारण नोभेम्बर २० देखि कतारमा हुने विश्वकप गुमाउने सम्भावना प्रवल बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलहरुले दाबी गरेका छन्।

ब्राजिलियन टिमका मुख्य प्रशिक्षक टिटेले सोमबार विश्वकपका लागि टिमको घोषणा गर्दैछन्। कौटिन्हो कतार भ्रमण गर्ने २६ ब्राजिलियन खेलाडीको सूचीमा अटाउने आस गरिएका प्लेमेकर हुन्।

यद्यपि, ब्राजिलले खेलेका पछिल्ला दुई मैत्रीपूर्ण खेल-घाना र ट्युनिसियाविरुद्ध उनी समावेश भएका थिएनन्। एस्टन भिल्लामा खराब लयबाट गुज्रिरहेका कौटिन्हो टिटेका लागि भने भरपर्दा खेलाडी हुन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×