काठमाडौँ। गायक प्रमोद खरेल र 'द भ्वाइस किड्स'बाट चर्चामा आएकी बालगायिका रुक्सना लिम्बुको नयाँ गीत 'नोगेन'ले राम्रो प्रतिक्रिया पाईरहेको छ। गीतको भिडियो युट्युबमा अपलोड भएको केहिदिनमै ट्रेण्डिङ १ मा पुगेको छ। गीत सोमबार सार्वजनिक गरिएको थियो। जसमा महेश खड्काको शब्द तथा संगीत रहेको छ। मिनाक्षी कोइरालाले निर्देशन गरेको गीतको भिडियोमा प्रमोद र रुक्सानालाई देख्न सकिन्छ।