गलकोट। कोरोनाको तेस्रो भेरियन्ट (ओमिक्रोन) फैलिएको भन्दै बागलुङ नगरपालिकाले पुस २८ गतेदेखि माघ १५ गते सम्म नगरपालिकाका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले मङ्गलबार एक सूचना जारी गर्दै नगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्न अनुरोध गरेका हुन्। पोखरेलले पूर्व निर्धारित परीक्षा पूर्ण सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न आग्रह गरेका छन्।