लुक्ला नजिकैको वनमा लागेको आगो फेरी फैलिन थाल्यो

सोलुखुम्बु - सोलुखुम्बुको तेन्जिङ हिल्लारी विमानस्थल लुक्ला नजिकैको वनमा लागेको आगो फेरि फैलिन थालेको छ।

गएराति  आफैँ नियन्त्रणमा आएको आगो हावाका कारण अहिले फेरि फैलिन सुरु भएको जानकारी आएको छ। विमानस्थलका अनुसार खुम्बु पासाङ ल्हामु गाउँपालिका-२ नाक्चुङमा रहेको हरियाली सामुदायिक वनमा आइतवारदेखि सुरु भएको डढेलो शीतका कारण सोमवार राति आफैँ नियन्त्रणमा आएको थियो।

तीव्र गतिको हावाको वेगका निभाउन नसकिएको आगो राति शीतका कारण आफैँ नियन्त्रणमा आएको थियो। तर हावा लाग्न सुरु भएसँगै पुनः आगो फैलिन सुरु भएको स्थानीयले बताएका छन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×