काठमाडौँ। नेपाली चलचित्र ‘लाखे’मा बिभिन्न कलाकारहरु जोडीइरहेका छन्। पुषको अन्तिम साताबाट छायांकनमा जाने भनिएको चलचित्रमा सुनिल थापा, सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल, वर्षा राउत आदि कलाकारहरु अनुबन्धित भइसकेका छन्। हालै प्राप्त जानकारी अनुसार अभिनेता रोहित रुम्बा पनि चलचित्रमा अनुबन्धित भएका छन्। निर्माण पक्षले शनिवार उनलाई अनुबन्धित गरेको छ भने सन्जय थापा र सन्जोग राणा पनि चलचित्रमा जोडिएका छन्।
ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टर र औरियन प्रोडक्सनको ब्यानरमा बन्ने चलचित्रको कार्यकारी निर्माता हरि मल्ल ठकुरी रहेका छन् भने निर्माता सिजन अर्याल रहेका छन्। सम्राट बस्नेतको निर्देशन रहने चलचित्रमा रक्षा बुढाथोकी, अजय पन्त, उमेश सुनाम, रुपेश झा, चक्र बहादुर बिष्ट, सुजन ए.परियार, श्रवण कुमार राणा, राजन भुजेल, अन्विशा खड्गी र बालकलाकार सिष्टम भण्डारी आदि कलाकारहरुको अभिनय रहनेछ। निर्माता अर्यालकै कथा रहेको चलचित्रमा गणेश मल्ल ठकुरी प्रस्तुकर्ता रहेका छन्।