काठमाडौँ - बलिउड स्टार आयुष्मान खुरानाले आफ्नो हरेक फिल्ममा समाजका लागि नयाँ सन्देश ल्याउँछन्।
आयुष्मान ती स्टारमध्ये एक हुन् जसले विगत ५ वर्षदेखि लगातार सुपरहिट फिल्म दिइरहेका छन्। उनका फिल्म हिट हुनुका साथै समाजमा जनचेतना फैलाउने र वर्जित मानिने विषयको चर्चा गर्ने गर्दछन्।
उनी ‘डक्टर जी’ फिल्ममा स्त्री रोग विशेषज्ञको भूमिकामा देखिएका छन्। फिल्मले पहिलो दिनमै बक्स अफिसमा दमदार ओपनिङ गरेको छ।
यो फिल्म आयुष्मान खुरानाको अघिल्लो फिल्मको तुलनामा धेरै राम्रो बनेको छ। उनको फिल्मले रिलिजको पहिलो दिनमै ३.२५ करोडको ओपनिङ गरेको छ। जबकि यसअघिको उनको फिल्म ‘अनेक’ ले १.७५ करोड कमाएको थियो।