काठमाडौँ - अभिनेत्री तपसी पन्नु अनुराग कश्यप निर्देशित फिल्म ‘दोबारा’मार्फत पुनरागमन गर्दैछिन्। एकता कपुरले निर्माण गरेको यो फिल्मको ट्रेलर सार्वजनिक भएको छ।
बुधबार सार्वजनिक भएको ट्रेलरमा तपसीलाई २६ वर्ष पुरानो एक रहस्यमयी घटनाको सत्य पत्ता लगाउन संघर्ष गरिरहेको परिस्थितीमा देख्न सकिन्छ।
राहुल भाट र पाभेल गुलातीको समेत मुख्य भूमिका रहेको फिल्म अगस्ट १० मा प्रदर्शन तयारीमा रहेको छ। फिल्म दोबारा १ महिलाको वरिपरि घुम्छ जो एक केटाको जीवन बचाउन लागिपर्छ। उक्त केटा २ दशक पुरानो १ हत्याको घटनासँग जोडिएको छ।
सन् २०१८ मा रिलिज भएको स्पेनिस थ्रीलर फिल्म ‘माइलेज’को यो भारतीय संस्करण हो। ‘मनमर्जियाँ’पछि कश्यप र तपसी यो फिल्ममा सहकार्य गरेका हुन्। भारत रिलिजअघि यो फिल्म अगस्ट १२ मा मेलबर्नमा हुने इन्डियन फिल्म फेस्टिभलमा प्रिमियर हुँदैछ।