बेनिशा हमाल 'सिटामोल'मा

काठमाडौँ - अभिनेत्री बेनिशा हमाल नेपाली कथानक चलचित्र 'सिटामोल'मा देखिने भएकी छिन्। फिल्मको अभिनयको विषयमा आफुले केहि सम्झौता गरेका कारण आफ्नो भूमिकाबारे खोल्न नमिल्ने बताइन्। 

यस फिल्ममा उनी अभिनेता सौगात मल्लको जोडीका रुपमा देखिने भएकी हुन्। यस अघि उनले फिल्म 'झ्यानाकुटी'मा सौगातको जोडीको रुपमा काम गरिसकेकी छिन्। निर्देशक राजबहादुर सानेको कथा रहेको 'सिटामोल'को पटकथा प्रदीप भारद्वाजले तयार पारेका हुन्। यस फिल्मको छायाङ्कन जेडको अन्तिमबाट सुरुहुने बताइएको छ। निर्माण पक्षका अनुसार यसका अन्य कलाकार र प्राविधिक पक्ष भने छनौकको चरणमा रहेको छ। फिल्मले नेपाली समाजमा घटिरहेको वास्तविक घटना ब्यक्त गर्ने बताइएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×