यसकारण अधुरो रह्यो हेमा मालिनीको अभिषेक बच्चनलाई ज्वाइँ बनाउने इच्छा

भारत। बलिउड अभिनेत्री हेमा मालिनी दुई छोरीमध्ये एक इशा देवलले बलिउडमा कदम राखेतापनि उल्लेखनिय सफलता भने हात पार्न सकिनन्। हेमा मालिनीको बलिउड अभिनेता अमिताभ बच्चनका छोरा अभिषेकलाई आफ्नो ज्वाइँ बनाउने इच्छा थियो। साधारण बुवाआमा जस्तै उनी पनि आफ्नी छोरीले आफ्नो रोजाईको केटासँग विवाह गरुन् भन्ने चाहन्थिन्। 

हेमा र अमिताभले धेरै चलचित्रमा सहकार्य पनि गरेका छन्। उनी आफ्ना साथी अमिताभसँगको मित्रताको सम्बन्धलाई पारिवारिक सम्बन्ध बनाउन चाहन्थिन्। अभिषेकलाई नजिकबाटै चिनेकाले, उनको आनीबानी थाह भएकाले हेमा उनलाई रुचाउने गर्थिन्। 

तर, इशाको त्यस्तो इच्छा थिएन्। फलस्वरुप उनले अभिषेकसँगको विवाहको प्रस्ताव पनि स्विकारिनन्।  किनकी उनी अभिषेकलाई एक भाइको नजरले हेर्ने गर्थिन्। इशाले बाल्यकालका साथी तथा व्यापारी भरत तख्तानीसँग विवाह गरिन् भने अभिषेक अभिनेत्री ऐश्वर्या रायसँग वैवाहिक बन्धनमा बाँधिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×