नेटफ्लिक्समा रिलिज भयो 'गंगुबाई काठियावाडी’

काठमाडौं - सञ्जय लीला भन्साली निर्देशित फिल्म ‘गंगुबाई काठियावाडी’ ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज भएको छ। आलिया भट्टको मुख्य भूमिका रहेको फिल्म सिनेमा हलमा रिलिज भएको दुई महिनापछि मंगलबारबाट नेटफ्लिक्समा स्ट्रिमिङ भएको हो।

फिल्म गत फेब्रुअरी २५ मा सिनेमा हलमा प्रदर्शनमा आएको थियो। ‘दी माफिया क्विन अफ मुम्बई’ पुस्तकमाथि आधारित यो फिल्ममा सन् १९६० को दशकमा मुम्बईको कमाठीपुरमा बेश्यालय चलाउने गंगुबाईको कथा प्रस्तुत गरिएको छ।

समीक्षकहरुबाट सकारात्मक समीक्षा पाएको ‘गंगुबाई काठियावाडी’ले बक्स अफिसमा पनि राम्रो कमाइ गरेको थियो। यो फिल्ममा आलियाको अभिनयले उच्च प्रशंसा पाएको छ। फिल्मले बक्स अफिसमा झण्डै २०० करोड भारु कमाइ गरेको थियो।

फिल्ममा आलियाका अलावा शान्तनु महेश्वरी, विजय राज, इन्दिरा तिवारीलगायतको मुख्य भूमिका रहेको छ। फिल्ममा अजय देवगण केमियो भूमिकामा देखिएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×