इटलीका पाओलो रोसी: एउटै संस्करणमा विश्वकप उपाधि, गोल्डेन बुट र गोल्डेन बल जित्ने खेलाडी

काठमाडौँ - एकै संस्करणमा विश्वकप उपाधिसँगै उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको अवार्ड जित्दा कस्तो होला? सायद यो सफलताको खुसी शव्दमा व्यक्त गर्न सकिंदैन। इटलीका पाओलो रोसी त्यस्तै खेलाडी हुन् जसले सन् १९८२ मा फिफा विश्वकपको उपाधिसँगै उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता बनेका थिए।

उनी सम्मिलित टिमले विश्वकप उपाधि जित्यो। उत्कृष्ट खेलाडी बन्दै उनले गोल्डेन बल र सर्वाधिक गोलकर्ताका लागि उनले नै गोल्डेन बुटसमेत जिते। उनले इटलीलाई विश्वकप जिताउनका लागि उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक ६ गोल गरेका थिए।

स्पेनमा भएको १९८२ को १२औं संस्करणदेखि नै विश्वकपमा उत्कृष्ट खेलाडीका लागि गोल्डेन बुट र सर्वाधिक गोलकर्ताका लागि गोल्डेन बल दिन थालिएको थियो। पहिलो पटकमै रोसीले अवार्डमा क्लिन स्वीप गरेका थिए।

इटलीले फाइनलमा पश्चिम जर्मनीलाई ३-१ ले पराजित गर्दा रोसीले पहिलो गोल गरेका थिए। समूह चरणमा गोल गर्न नसकेपछि रोसीले दोस्रो चरणमा उपाधिको दाबेदार मनिएको ब्राजिललाई ३-२ ले पराजित गर्दा ह्याट्रिक गरेका थिए =। यस्तै सेमिफाइनलमा इटलीले पोल्याण्डलाई २-० ले पराजित गर्दा दुवै गोल रोसीले गरेका थिए।

विश्वकपका साथै रोसीले त्यही वर्ष बालोन डेओर अवार्ड समेत जितेका थिए। उनले उक्त विश्वकपमा कूल ६ गोल गरेका थिए। रोसीले इटलीका लागि ४८ खेल खेल्दै २० गोल गरेका थिए।

सन् २०२० डिसेम्बरमा ६४ वर्षको उमेरमा उनको निधन भएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×