‘कबड्डी’ निर्देशक रामबाबु गुरुङको नयाँ फिल्ममा बिपिन कार्की

काठमाडौँ - अभिनेता बिपिन कार्की ‘कबड्डी’ सिरिजका निर्देशक रामबाबु गुरुङले निर्देशन गर्ने नयाँ फिल्ममा अनुबन्धित भएका छन्। यो अनटाइटल प्रोजेक्टका लागि बिहीवार यशोधा फिल्म्स र अभिनेता कार्कीबीच लिखित सहमति भएको हो।

फिल्मबारे थप केहि खुलाइएको छैन। फिल्ममा अनुबन्धित भएपछि अभिनेता कार्कीले फिल्मको शीर्षक र अन्य कलाकार तय नभएको जानकारी दिएका छन्। फिल्ममा बिपिनले मुख्य भूमिका निर्वाह गर्नेछन्। केही समयअघि यो फिल्मको लागि अडिसन आह्वान गरिएको थियो। फिल्म इलाममा छायांकन हुँदैछ ।

बलिउड प्रोजेक्ट ‘एनिमल’ सुटिङबीच बिपिन यो फिल्ममा सामेल हुनेछन्। उनी भारततर्फ कहिले जान्छन् भन्ने टुंगो केही दिनमा लाग्नेछ।

उनले ‘रचनात्मक विभेद’को कारण छड्के २ नगर्ने निर्णय गरेका छन्। नयनराज पाण्डेको उपन्यासमा आधारित ‘लू’मा भने काम गर्ने मौखिक सहमति भएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×