नोबेलको स्वास्थ्य शिविरबाट ७ सय विरामी लाभान्वित

मोरङ - विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बुधबार मोरङको सुन्दरहरैचा नगरपालिका–१२ स्थित विराटचोकमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। विराट चेस क्लबसँग सहकार्य गरेर एक दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो।

शिविरमा ७ सय ६५ विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए। उनका अनुसार शिविरमा १ सय ४५ जनाको इसीजी, १ सय ९४ जनाको रक्त परीक्षण र १ सय ९७ जनाको भिडियो एक्सरे गरिएको छ। दाँतमा समस्या भएर शिविरमा आएका ३७ जनाको दाँत उखेलिएको छ। शिविरमा उपचार सम्भव नभएका ४२ जना विरामीलाई थप उपचारका लागि नोबेल अस्पताल रिफर गरिएको छ। 

शिविरमा स्त्री रोग विशेषज्ञ डा.प्रतिमा काफ्लेसहित २२ जना स्वास्थ्यकर्मीहरुको टोलीले विरामीको स्वास्थ्य परीक्षण गरेका थिए। विशेषगरी स्त्रीरोगलाई प्राथमिकता दिएर आयोजना गरिएको शिविरमा उपचारका लागि ठूलो संख्यामा महिलाहरु आएका थिए।

नोबेलले पूर्वी नेपालका बिभिन्न जिल्लामा नियमित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ। जसबाट लाखौं विरामीले निःशुल्क उपचार पाएका छन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×