त्रिदेशीय सिरिज अन्तर्गत नेपाल अमेरिकासँग ३१ रनले पराजित

काठमाडौँ - आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय सिरिज अन्तर्गत नेपाल अमेरिकासँग पराजित भएको छ। अमेरिकाले दिएको २४६ रनको लक्ष्य पछाएको नेपालले ४७.४ ओभरमा अल आउट हुदै २०६ रन मात्र बनाए पछि खेल ३९ रनले हार व्यहोरेको हो।

नेपालका लागि आरिफ सेखले सर्बाधिक ६३ रन बनाए भने सोमपाल कामीले ४७ रन बनाएका थिए। त्यस्तै देव खनालले ३४, आसिफ सेखले १८, रोहित पौडेलले १६ रन बनाएका थिए।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको अमेरिकाले ५० ओभरमा ७ विकेट गुमाउदै २४५ रन बनाएको थियो।

यो हारपछि नेपालको १६ खेलमा १५ अंक रहेको छ।  डिभिजन २ को अंकतालिकामा पाँचौ स्थानमा रहेको छ। त्यस्तै अमेरिकाको २४ खेलमा २३ अंक भएको छ र अंकतालिकामा चौथो स्थानमा छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×