ब्राजिली फरवार्ड रोड्रिगो गोएसद्धारा रियालमा सम्झौता नविकरण

काठमाडौँ - ब्राजिली युवा विंगर फरवार्ड रोड्रिगो गोएसले स्पेनिस महारथी रियाल म्याड्रिडमा सम्झौता नविकरण गरेका छन्। ब्राजिलियन फरवार्डले रियालसँग नयाँ दीर्घकालीन अर्थात सन् २०२८ सम्म सम्झौता गरेका हुन्।

सन् २०१९ मा रियालमा आबद्ध भएका रोड्रिगोले लगातार उच्च प्रदर्शन गरिरहेका छन्। रियालमा रोड्रिगोको सम्झौता २०२५ सम्म रहेको थियो। लगातारको उच्च प्रदर्शनसँगै रियालले रोड्रिगोलाई दीर्घकालीन रुपमै क्लबमा राख्न सहमत भएको हो। गत सिजन रियालले च्याम्पियन्स लिग जित्दा उनले महत्वपूर्ण भुमिका निभाउँदै गोल पनि गरेका थिए। उनले क्वाटरफाइनलमा चेल्सीविरुद्ध र सेमिफाइनलमा चेल्सीविरुद्ध महत्वपूर्ण गोल गरेका थिए।

रियालले रोड्रिगोको सम्झौता विस्तार गर्दा तलव वृद्धिसँगै १ विलियन युरो रिलिज क्लज राखिएको छ। २१ वर्षीय रोड्रिगोलाई अनुबन्ध गर्न प्रिमियर लिग क्लबले चासो देखाइरहेपनि रियालले आफ्ना युवा स्टारलाई क्लबमै राखेको हो।

रियालले रोड्रिगोललाई ब्राजिली क्लब सान्तोषबाट २०१९ मा ४५ मिलियन युरोमा क्लबमा अनुबन्ध गरेको थियो। सुरुवाती सिजनमा उनी रियालको रिजर्भ टोलीमा रहेका थिए। त्यहाँ उच्च प्रदर्शन गरेपनि उनी सिनियर टोलीमा रहँदै आएका छन्। विरलै अवसर पाएका उनले पछिल्लो समय पाएको अवसरलाई भरपुर सदुपयोग गर्दै क्लबको मन जित्न सफल भएका छन्। रियालबाट रोड्रिगोले ३ सिजनमा १०८ खेल खेल्दा १८ गोल गरेका छन्।

उमेर समूह हुँदै राष्ट्रिय टोलीमा स्थान बनाएका रोड्रिगो २०१९ देखि ब्राजिलको टोलीमा रहेका छन्। उनले ब्राजिलबाट ५ क्याप जित्दा एक गोल गरेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×