समूहको पहिलो चरणका १६ खेलमा ११ जित

काठमाडौँ - कतार विश्वकपको समूहगत चरणमा सहभागी ३२ टोली सबैले १-१ खेल खेलेका छन्। अब शुक्रबारदेखि दोस्रो खेल सुरु हुँदैछ।

समूहको पहिलो चरणमा भएका १६ खेलमा ११ वटामा मात्र जितको नतिजा निस्कियो भने ५ खेल बराबरी भएका छन्।

नेदरल्यान्ड्स, इक्वेडर, इंल्यान्ड, साउदी अरब, फ्रान्स, स्पेन, जापान, बेल्जियम, ब्राजिल, स्वीट्जरल्यान्ड र पोर्चुगलले विजयी सुरुवात गरेका छन्।

वेल्स, अमेरिका, पोल्यान्ड, मेक्सिको, ट्युनिसिया, डेनमार्क, क्रोएसिया, मोरक्को, उरुग्वे, दक्षिण कोरियाले भने बराबरी खेलेर १/१ अंक प्राप्त गरेका छन्।

बलिया भनिएका जर्मनी र अर्जेन्टिनासहित सेनेगल, कतार, इरान, अस्ट्रेलिया, कोस्टारिका, क्यानडा, सर्बिया, क्यामरुन र घाना पहिलो खेलमा पराजित भएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×