काठमाडौँ - अमेरिका र इटाली भलिबल नेस्नल लिग (भीएनएल) को सेमिफाइनलमा प्रवेश गरेका छन्।
बुधबार राति भएको क्वाटरफाइनलमा अमेरिकाले ब्राजिल तथा इटालीले नेदरल्यान्डलाई समान ३-१ को सेटमा पराजित गरेको हो।
पहिलो क्वाटरफाइनल खेलमा अमेरिकाले २०-२५, २५-२२, २५-२३, २५-१७ को जित निकालेको थियो। यता, इटालीले २१-२५, २५-२२, २५-१३, २५-२२ को जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको थियो।
अब, अमेरिकाले फाइनल प्रवेशका लागि पोल्यान्ड र इरानसँगको विजेतासँग खेल्नेछ। यस्तै, इटालीले फ्रान्स र जापानको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।