नवौं राष्ट्रिय खेलकुदका लागि निर्देशिका जारी

काठमाडौँ - गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को मूल आयोजक समितिको पहिलो औपचारिक बैठकले प्रतियोगिताको सञ्चालन निर्देशिका जारी गरेको छ।काठमाडौँमा शुक्रबार बसेको मुल आयोजक समितिको औपचारिक बैठकले प्रतियोगिताको सञ्चालनका लागि निर्देशिका जारी गरेको हो।

प्रतियोगिता पोखरामा असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना गर्ने तालिका रहेको छ। त्यसका लागि राष्ट्रिय खेलकुद परिषद्ले लोगो र मस्कट पनि सार्वजनिक गरिसकेको छ।

नवौंको मूल आयोजक समितिको अध्यक्षमा युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज र सदस्यमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई तोकिएको छ भने मुल आयोजक समितिमा २७ सदस्य र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव नै समितिको सदस्यसचिवको रुपमा रहने निर्देशिकामा उल्लेख गरिएको छ।

पहिलो बैठकमा विभिन्न खेल संघका पदाधिकारी र तीन विभागिय टोलीको प्रमुखहरुको पनि उपस्थिति रहेको छ। खेलकुदमन्त्री गहतराजले नवौं राष्ट्रिय खेलकुदको आवश्यक तयारी अघि बढाउन मूल आयोजक कमिटीको बैठक आह्वान गरेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै खेलकुदमन्त्री गहतराले नवौं  राष्ट्रिय खेलकुदका लागि बजेट निकासा भएको र कुनै पनि हालतमा प्रतियोगिता सञ्चालन हुने बताएका छन्।

यसअघि जेठमा हुने भनिए पनि विभिन्न समस्याका कारण प्रतियोगिताको मिति सारिएको थियो। प्रतियोगितामा ३६ खेलमा प्रतिस्पर्धा हुनेछ भने दुईवटा खेल प्रदर्शनीको रुपमा आयोजना हुनेछ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७७ सालमै आयोजना गर्नुपर्ने थियो। तर, कोभिडका कारण धकेलिएको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×