काठमाडौँ - पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो र म्यानचेस्टर युनाइटेडबीच आपसी समझदारीमा सम्झौता रद्द भएको छ।
युनाइटेडले एक विज्ञप्ति जारी गर्दै रोनाल्डोसँगको सम्झौता आपसी समझदारीमा रद्द भएको जानकारी दिएको छ। गत सिजन युनाइटेड आएका रोनाल्डो पछिल्लो समय विवादमा रहेका थिए।
प्रशिक्षक एरिक टेन हागसँग सम्बन्ध राम्रो नहुँदा उनले पर्याप्त खेल्ने समय पाइरहेका थिएनन्। यससँगै रोनाल्डोको क्लब करिअरको भविष्य विश्वकप पछि मात्र निर्णय हुने देखिएको छ।