काठमाडौँ - मैत्रीपूर्ण खेलमा जर्मनीले जित निकालेको छ। फिफा विश्वकप अघि बुधबार राति भएको खेलमा जर्मनीले ओमानलाई १-० गोल अन्तरले हराएको हो।
जर्मनीको जितमा निकलस फुल्क्रुगले निर्णायक गोल गरेका थिए। उनले खेलको ८० औँ मिनेटमा गोल गरेका हुन्।
नोभेम्बर २० बाट सुरु हुने कतार विश्वकपमा जर्मनी समूह ‘ई’ मा छ। जर्मनीले जापानविरुद्ध नोभेम्बर २३ मा खेल्दै विश्वकपको सुरुवात गर्नेछ। यस समूहमा स्पेन, जापान र कोस्टारिका रहेका छन्।