एजेन्सी । संयुक्त राज्य अमेरिकामा एकैदिन १० लाखभन्दा बढीमा काेराेना संक्रमण पुष्टि भएकाे छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएकाे. तथ्यांक अनुसार गत २४ घण्टामा दश लाख बढीमा संक्रमण पुष्टि भएकाे हाे ।
अमेरिकामा विगत २४ घण्टामा करिब १.०७ मिलियन नयाँ संक्रमित पुष्टि भएको देखिएको छ जुन विश्वमा कोभिड महामारीको सबैभन्दा नराम्रो स्थिति मानिएकाे छ ।
नयाँ काेराेनाकाे मामिलाको संख्या पछिल्लो सात दिनमा दोब्बर बढेर प्रतिदिन औसत ४ लाख १८ हजार पुगेको समाचारमा उल्लेख छ ।
यद्यपि, भाइरसको द्रुत फैलावटले देशको स्वास्थ्य सेवा प्रणालीमा थप दबाब मात्र दिएको छैन यसले अर्थतन्त्रलाई एकपटक फेरि नराम्रोसित प्रभाभित गरेको छ । जसले गर्दा श्रमिकको अभाव, हजारौं उडान रद्द र केही व्यवसायले फेरि आफ्नो ढोका बन्द गर्न बाध्य हुन परेकाे जनाइएकाे छ।