भारतका चर्चित गायक तथा संगीतकार बप्पी लहरीको निधन

भारत। भारतका चर्चित गायक तथा संगीतकार बप्पी लहरीको निधन भएको छ। ६९ वर्षको उमेरमा उनको निधन भएको हो। भारतीय सञ्चारमाध्यमका अनुसार मंगलवार राति ११ बजे मुम्बईको जुहूस्थित क्रिटी केयर अस्पतालमा उनको निधन भएको हो। स्वास्थ्यमा समस्या आएपछि उनलाई मंगलवार अस्पताल पुर्याईएको थियो।

उनी शरीरभरि धेरै सुन लगाउने बानीका कारण पनि चर्चामा थिए। सो गहना करिब ४० लाखको रहेको बताईएको छ। उनको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका साथै धेरै बलिउडकर्मीहरुले शोक व्यक्त गरेका छन्।  

उनले करिब ४८ वर्षको करियरमा ५ हजारभन्दा बढी गीत कम्पोज गरेका छन्। उनले हिन्दी, बंगाली, तमिल, तेलुगु, मलयालम, कन्नड, गुजराती, मराठी, पंजाबी, उडिया, भोजपुरी, आसमी भाषासँगै बंगलादेशी र हलिउड चलचित्रका गीत कम्पोज गरेका छन्।  

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×