गोरखामा ट्रयाक्टर भिरबाट खस्दा चालकको मृत्यु

गोरखा - गोरखाको अजिरकोट गाउँपालिका–२ वालाङमा गएराती ट्रयाक्टर अनियन्त्रित भइ भिरमा खस्दा चालकको मृत्यु भएको छ। 

मृत्यु हुनेमा सिरान्चोक–४ छोप्राकका २७ वर्षीय बिक्रम श्रेष्ठ रहेका छन्। गएराती साढे ११ बजे ग १ त ४५७४ नम्बरको सिमेन्ट लोड भएको ट्रयाक्टर अनियन्त्रित भइ दुर्घटना भएको प्रहरी चौकी भच्चेकले जनाएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×