सत्ता गठबन्धनमा गडबड सुरु भएको देव गुरुङको भनाइ

काठमाडौं- सत्ता गठबन्धनको बैठक नै सुरु नभइ शीर्ष नेताहरु बाहिरिएका छन्। उनीहरुबीच भागबण्डा नमिलेपछि सुरुमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, त्यसपछि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेता झलनाथ खनाल बाहिरिएका हुन्।

शीर्ष नेताहरु निस्किएपछि छलफलका लागि पुगेका अन्य नेताहरु पनि निस्किएका छन्। नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले सत्ता गठबन्धनमा गडबड सुरु भएको संक्षिप्त प्रतिक्रिया दिएका छन्। प्रधानमन्त्रीनिवास बालुवाटारमा बोलाइएको सत्ता गठबन्धनको बैठकअघि शीर्ष नेताबीच छलफल भएको थियो।

शीर्ष नेताहरुबीचको छलफलमा कुरा मिल्न नसकेपछि बैठक अनिश्चित भएको छ। कांग्रेस नेता तथा सरकारकका प्रवक्ता ज्ञानेन्द्र कार्कीले फेरि बैठक बस्ने बताए पनि समय खुलाएका छैनन्। कांग्रेससँग प्रधानमन्त्रीमा आलोपालो गर्नुपर्ने माग माओवादी केन्द्रको छ भने राष्ट्रपति वा सभामुखमध्ये एक पाउनुपर्ने एकीकृत समाजवादीको दाबी छ।

प्रधानमन्त्रीमा आलोपालो गर्न कांग्रेस सभापति देउवा राजी भए पनि पहिले पाउनुपर्ने मागमा सहमत नभएको बुझिएको छ। कांग्रेसले पहिले प्रधानमन्त्री पाउँदा राष्ट्रपति आफू वा एकीकृत समाजवादीले पाउनुपर्ने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माग राखेका छन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×